२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

डडेल्धुराकाे पर्शुराम धाम मेलामा राेक नलगाईने

डडेल्धुरा – डडेल्धुराको पर्शुराम नगरपालिका वडा न. ५ परिगाँउमा अवस्थित सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पर्शुराम धाममा लाग्ने पर्शुराम (फरसनाम) मकर मेलामा गंगा स्नान, नित्य पूजा र देवताका देउरा स्नानमा कुनै रोक नरहेको पर्शुराम नगरपालिका नगर प्रमुख भीम बहादुर साउँदले बताएका छन् ।

मेयर साउँदले टाढा-टाढाबाट, मेला भर्न, श्रद्वालु भक्तजनहरु आउने क्रम सुरु भइसकेको छ । नित्य पुजा, गंगास्नान, देउरा स्नानमा नगरपालिका र क्षेत्र विकास समितिले रोक नलगाएको उनले प्रस्ट्याएका छन् ।

नगरपालिकाका एक जना कर्मचारीमा कोरोना देखिएपछि माघ २ गते सम्मका लागि कार्यालय बन्द गरिएको छ । पुस २२ गते अन्य सबै कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागिसमेत पठाइसकेको जनाइएको छ ।

कोरोना जोखिमलाई ध्यानमा राखी आकस्मिक रुपमा परशुराम मेलामा भिडभाड, पसल, स्टल, सांस्कृतिक, धार्मिक महोत्सव आयोजना नगर्न-नगराउन सूचनामार्फत जानकारी गराइएको हो । तर नित्यपूजा, गंगास्नान, देउरा स्नानमा रोक नलगाएको नगरप्रमुख साउँदले बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।