२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

नगर बाल संञ्जालले धनगढीमा सकृियता बढाउदै

बालअधिकारका लागि निरन्तर लाग्छाै उपाध्यक्ष : जाेशी

धनगढी – नगर बाल सञ्जाल धनगढीको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्व्यमा धनगढी उप महानगरपालिका वडा नं ६ मा वडा स्तरीय बाल क्लव गठन कार्यक्रम सम्पन्न गरेकाे छ ।

विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रुपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गरिरहेको र बिभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाइ बढी जोखिम हुने हुदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम चालेको बताइएको छ।

उक्त वडा स्तरीय बाल क्लवको अध्यक्षमा प्रतीक्षा बि क , उपाध्यक्षमा भीम जोशी ,सचिवमा प्रकाश सुवेदी ,सहसचिवमा सागर जोशी ,कोषाध्यक्षमा योगेन्द्र धामी र कार्यसमिति सदस्यमा नारायण सुवेदी , कविराज भट्ट , मेनका चौधरि , आयुषा चौधरी , सहितको वडा नं ६ काे वडा स्तरीय बाल क्लबको ८ सदस्यीय तथर्थ समिति गठन भएको छ . अन्जली चौधरी सहित १ जना साधारण सदस्य सहित ९ जनाको तथर्त समिति गरेकाे छ।

अहिले धनगढी उप- महानगरपालिकाकाे पाँच वडामा गठन गरिसकेकाे र अब सबै वडामा गठन गरिने छ । यस्तै बालबालिकाकाे हक अधिकारका लागि अाफुले निरन्तर कदम चाल्ने नगर संञ्जाल उपाध्यक्ष लक्ष्मि जाेशिले बताउनु भयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।