२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

भारतले रिहा गर्‍याे लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिक

भारत र चीनबीचकाे विवादित सीमा लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई भारतले रिहा गरिदिएको छ । गएको शुक्रबार वास्तविक नियन्त्रण रेखा (एलओसी) मा प्रवेश गरेका चिनियाँ जनमुक्ति सेनाका एक जवानलाई भारतीय सैनिकले पक्राउ गरेका थिए । उनलाई साेमबार सकुशल रिहा गरिदिएको भारतीय सैनिकलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।

सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत प्रतिबद्ध रहेकाले पक्राउ परेका चिनियाँ सैनिकलाई रिहा गरिएको भारतले जनाएको छ ।  भारतले गलत नियतका साथ चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखामा प्रवेश गरेको आरोप लगाएको छ भने चीनले रातको समयमा बाटो बिर्सेर आफ्ना सैनिक दशगजा क्षेत्रमा पुगेको दाबी गरेको छ ।

यसअघि गएको अक्टोबरमा पनि पूर्वी लद्दाख क्षेत्रमा पनि चिनियाँ सैनिक एलओसीमा प्रवेश गरेपछि भारतीय सैनिकले पक्राउ गरेका थिए ।

गएको मे महिनामा चिनियाँ सैनिकको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि सीमा क्षेत्र लद्दाखमा तनाव उत्पन्न हुँदै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।