गोकर्ण पाण्डे,पुस २७ गुल्मी- प्रिय लोक गायक तथा कुशल सञ्चारकर्मी अनिल खत्रीले लोक दोहोरी गीत ‘कहानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएका छन् । नेपाली लोक गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।



अनिल खत्री नयाँ लोक तथा दोहोरी गीत ‘कहानी’ को निर्देशन गरेका छन्।लोकप्रिय चर्चित गायक राजु पन्थी र गायिका विष्णु थापा मगरको सुमधुर स्वरमा सजिएको गित ‘कहानी’ भर्खरै बजार मा अाएको छ ।
‘कहानी’ गितको म्युजिक भिडियोमा पनि खत्रीकै निर्देशन रहेको छ । राजु पन्थीको उत्कृष्ट शब्द सृर्जना एवम् चोपेन्द्र वि.सीको लय रचनामा रहेको गितमा लोकप्रिय चर्चित मोडेल प्रतिक्षा कार्की र भेषराज अर्यालको अभिनय रहेको देख्न सकिन्छ।
गितको छायांकन केशव गौतम र किशन कुँवर ले गरेका छन्।भने कभर डिजाइन जि.सि प्रिन्ट ले गरेका छन्।गीतको म्युजिक भिडियो (भिडियो नेपाल) युट्युव च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको हो ।

























