डडेल्धुरा । डडेल्धुरामा आफ्नै छोरी बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका –१ बस्ने बुुवाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
आमाले छोरी बलात्कृत भएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरिएको प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए।
पक्राउ परेका उनीमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 49