२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

डोटीमा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आयो

डोटी ।  पछिल्लो समय डोटी जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

पछिल्ला वर्षमा बर्थिङ सेन्टरमै गएर सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । 

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी हुन आउनेको सङ्ख्या महिनैपिच्छे बढ्दै जान थालेको स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ । जिल्लामा रहेका कूल ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।