२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

वडा अध्यक्षमाथि कुटपिट गर्नेलाई रिहाइको माग गर्दै प्रदर्शन

कञचनपुर, १२ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै कञचनपुरको झलारीमा विरोध प्रदर्शन गरेको छ।

शुक्लाफाँटा नगरपालिका–८ का वडाअध्यक्ष बहादुरसिंह महरामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कार्यकर्ताहरुको रिहाइको माग गर्दै तरुण दलले प्रदर्शन गरेको हो। पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टायर बालेर गरिएको प्रदर्शनका काराण अहिले सो राजमार्गको झलारी खण्ड अवरुद्ध छ। 

नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष महरामाथी हातपात गरेको थियो। वडाध्यक्षको किटानी जाहेरी पछि हातपातमा संलग्न शुक्लाफाँटा नगरपालिका–८ का बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, नारद ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, र आनन्द सिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

वडा अध्यक्षबाट किटानी जाहेरी आएपछि सबैलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए। कुटपिटबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युँ लगायतका अंगमा चोट लागेको छ।

कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०र१२ जनाको समूहले वडाअध्यक्ष महरामाथि एकाएक आक्रमण गरेको थियो।

शनिबार राति बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेपछि वडाअध्यक्ष महराले उनीहरुलाई सम्झाइबुझाई गरेका थिए। सोही विषयलाई लिएर आइतबार युवाहरुको समूहले वडाअध्यक्षलाई कार्यालयमै आएर कुटपिट गर्नुका साथै तोडफोड गरेका थिए।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।