दिपकराज भट्ट /डडेल्धुरा – प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसध विघटन गरेकाे र जनताकाे कुभलाे हुने काम गरेकाे भन्दै नेपालको संविधान २०७२ लाई राम्राे संग अध्ययन गर्नकाे लागि प्रधानमन्त्री अाेलिलाई एक थान संविधान सहितकाे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी माफत पठाएकाे छ ।



प्रमुख जिल्ला अधिकारी हरिश प्रशाद घिमिरे यश बिषयमा भन्छन् – ज्ञापनपत्र हामिले अाज नै मेल मार्फत प्रधानमन्त्री कार्यालय लाई पठाई सकेका छाै र सक्कल पत्र प्रकृिया अनुसार पठाउने छाै ” ।
ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराका कार्यकर्ता र अनेरास्ववियुका विद्यार्थीहरुकाे सहभागिता रहेकाे अनेरास्ववियुका जिल्ला संयाेजक सन्ताेस भट्टले जानकारि दिनुभयाे ।
याे असंवैधानिक कदमका विरुद्ध हाम्रो पार्टी निरन्तर जिल्लाक घर घरमा प्रधानमन्त्रीले गरेका गल्ति सहितका पर्चा पप्पलेट दिने , सडकमा संविधान पढेर जनतालाई सुनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराका पार्टी अध्यक्ष मान सिं माल ( क्रान्ति )ले बताउनु भयाे ।



















