२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

कञ्चनपुरमा भारतबाट आयात हुने पन्छी तथा पन्छीजन्य वस्तुको आयातमा रोक

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजैबाट भारतबाट आयात हुने पन्छी र पन्छीजन्य वस्तुमा पूर्ण रोक लगाएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै कञ्चनपुर प्रशासनले भारतबाट आयात हुने पन्छी तथा पन्छीजन्य वस्तुमा प्रतिबन्ध लगाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भएको छ ।

भारतबाट आयात हुने कुखुरा र त्यसका दानाहरूमा पूर्ण रोक लगाउन प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरिएको उहाँले बताउनुभएको छ ।

खुला सीमा नाका कारण भारतबाट लुकाइछिपाई कुखुरा र तिनका दानाहरू आयात हुने गरेको कञ्चनपुरमा भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै प्रशासनले कडाइका साथ आयातमा प्रतिबन्ध गर्न निर्देशन दिए बमोजिम मातहतका प्रहरी इकाईहरूमा निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी गण नम्बर ३५ ले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।