२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते

डोटी, २४ पुस । डोटीको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् ।

बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उहाँहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

भालुले घाइतेहरुको टाउको र गर्धनमा गहिरो चोट पुर्याएको अस्पतालका डा ललित लिम्बूले जानकारी दिए । जिल्लामा खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने गरेको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिए। आक्रमण गर्ने भालु अहिले पनि गाउँमै भएका कारण यहाँका स्थानीयवासीले भालुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।