धनगढी । सुदुरपश्चिममा सोमबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार १४ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको हो ।
अछामको मेल्लेख गाउँपालिकाका ३ जना महिला र १३ जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै दार्चुलाका ५ बर्षीय बालकमा समेत कोरोना पुष्टि भएको उहाले बताउनु भयो ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार २ सय ४३ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको छ ।
संक्रमण पुष्टि भएका २ हजार सात सय ५१ ज्ना डिस्चार्ज भएका छन ।
Views: 71