२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

धनगढी उप-महानगरपालिका वडा नं १ मा वडा स्तरीय बाल क्लव गठन कार्यक्रम सम्पन्न

धनगढी- नगर बाल सञ्जाल धनगढीको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका वडा नं १ मा वडा स्तरीय बाल क्लव गठन कार्यक्रम सम्पन्न पाएको छ ।

विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रुपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गरिरहेको छ ।

बिभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाइ बढी जोखिम हुने हुदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम चालेको बताइएको छ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सन्तोष मुडभरी, युवा शान्ति परिषद् कैलाली जिल्ला अध्यक्ष प्रेम ढुंगाना, नगर बाल सञ्जाल धनगढीका पदाधिकारी र वडाका बालबालिकाको प्रत्यक्ष सहभागी रहेको थियो।

उक्त वडा स्तरीय बाल क्लवको अध्यक्षमा पुस्पा न्यौपाने, उपाध्यक्षमा अर्जुन विक,सचिवमा शुशिला धामी सहसचिवमा बीरेन्द्र प्रसाद भट्ट ,कोषाध्यक्षमा पूजा मल्ल र कार्यसमिति सदस्यमा निकिता जैगडी, गोविन्द कोली,शैलेश सेवक र प्रिज्मा ठाकुर सहितको वडा नं १ काे वडा स्तरीय बाल क्लबको नौ सदस्यीय तथर्थ समिति गठन गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।