२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

झुलाघाट नाका हप्ताको दुई दिन खुल्ने

बैतडी । नेपाल—भारत सीमानामा रहेको बैतडीस्थित झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने भएको छ । सोमबार र शुक्रबार नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर नाका दुई दिन खोलिने उनले बताए ।

अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्न दिइने भन्दै उनले भने , ‘कामको प्रकृतिसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । जिल्ला प्रशासनको सिफारिसमा हप्ताको दुई दिन नाकाबाट आवतजावत दिइनेछ । ’ विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने उनले बताए ।

कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि झुलाघाट नाका बन्द थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।