२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कञ्चनपुरमा अबैध हार्डवेयरका सामानहरु बरामद

कञ्चनपुर। कञ्चनपुरमा ठुलो परिणामका अबैध हार्डवेयरका सामानहरु सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका  वडा नम्बर ६ (आनन्द बजार) जमुनाघारी नजिकै भारतबाट साइकलमा तस्कर गरी ल्याउँदै गरेको अन्दाजी रु १ लाख १० हजार ४ सय मुल्य बराबरको हार्डवेयरका सामानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको मोबाइल गस्ती टोलीले सोमबार बिहान बेवारिसे अवस्थामा रहेको हार्डवेयरका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथले बताए ।

उनका अनुसार बरामद गरेका सामाग्रीहरु  त्रिनगर भन्सार कार्यालयमा पठाइएको  जनाएको छ  । पछिल्लोपटक भारतीय खुला सीमा क्षेत्र बेलाैरी, बेलडाँडी र पुनर्वास क्षेत्रमा तस्करहरुकाे लस्कर ताेड्न सफल भएकाे  सशस्त्र प्रहरीको ठहर छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।