कञ्चनपुर । भीमदत्त नगरपालिका–१९ बागफाँटाका मुक्त हलियाका महिलालाई ४५ दिने हाते होजियारी तालिम प्रदान गरिएको छ।



व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको संयुक्त साझेदारीमा आर्थिक रुपमा विपन्न मुक्त हलियाका महिलाहरुलाई तालिम दिएको हो।
२० जना महिलालाई स्विटर, टोपीलगायत बुन्ने सीप सिकेका छन्। महिलाहरुको सीप परीक्षण गरी सिटिइभिटीबाट प्रमाणपत्र समेत उपलव्ध गराइने भएको छ।
तालिम पाएर दक्ष बनेका ललिता लोहारले पूँजीको व्यवस्था गरी होजियारी घरेलु उद्यममा संलग्न हुने बताइन्।
Views: 193

























