२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सुदूरपश्चिमका प्रतिभावान भलिबल खेलाडीलाई छात्रवृत्ति

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका भलिबलका प्रतिभावन खेलाडीे छनौट कार्यक्रमको घोषणा गरिएको छ । मंगलवार महेन्द्रनगरमा एक कार्याक्रमकाबिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उक्त कार्यक्रमको घोषणा गरेका हुन् ।  

१८ वर्ष भन्दा कम उमेर भएका खेलाडीहरुलाई प्रशिक्षण दिनका लागि उक्त कार्यक्रम शुरु गरिएको हो । भलिवल प्रशिक्षणमा सहभागी हुने खेलाडीले मासिक रू. ३ हजार पाउनेछन् । 

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५४ जना खेलाडीमध्ये १२ महिला र १२ जना पुरुष गरी २४ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिने भलिबल प्रशिक्षिक जगदीश भट्टले बताए । उनका अनुसार छनौटमा परेकालाई महेन्द्रनगरस्थित भलिवल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ । 

‘आगामी दुई वर्षमा राष्ट्रिय टोलीलाई योगदान दिन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो,’ नेपाली महिला राष्ट्रिय भलिवल टिमका प्रशिक्षक समेत रहेका भट्टले भने, ‘उचाइ बढी भएका र प्रतिभावान खेलाडीलाई छनौट गरेर प्रशिक्षण दिन लागेका छौँ ।’

पहिलो चरणमा ६ महीनासम्म छात्रवृत्ति दिइनेछ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको छनौट गरेर यसमा नयाँ पनि थप गरिने उनको भनाइ छ । साथै, प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई महेन्द्रनगर आसपासकै विद्यालयहरुमा निःशुल्क पठनपाठनको व्यवस्था समेत गरिएको भट्टले बताए । 

प्रतिभावान खेलाडीलाई छात्रवृत्तिको कार्यक्रम नयाँ भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालले बताए । उनले भलिवलमा उत्कृष्ट खेलाडी छनौट गर्न र देशका लागि अब्बल खेलाडी उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी हुने उनले बताए । 

त्यस्तै प्रशिक्षकको उचित मूल्यांकन सहित खेलाडी र प्रशिक्षकलाई चाँडै नै १५ दिने तालिम आयोजना गर्ने तयारी भईरहेको उनको भनाइ छ ।  महेन्द्रनगरस्थित कभर्ड हलमा नेपालकै व्यवस्थित भलिवल प्रशिक्षण केन्द्र निर्माण समेत गरिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।