गोकर्ण पाण्डे / पुस २२, गुल्मी- जिल्ला प्रशासनमा विभिन्न सेवा लिनआउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्रहीले खुसी व्यक्त गरेका छन् ।



प्रशासनले सेवाग्राहीको कामलाई अधिकत्तम छिटो छरितो सेवा दिन थालेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा १५ मिनेटमै दिन सुरुवात गरेको छ ।
यसले गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन आउने सेवाग्राही प्रशासनको काम प्रति सहज भएको छ ।
प्रशासनले सेवाग्रहीको सहजताको लागि कार्यालय परिसरमै नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
Views: 150

























