उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेकपामा कसैले कसैलाई पछाडि नपार्ने बताएका छन् ।
नेकपा ओली पक्षको सुदूरपश्चिम प्रदेश स्तरीय चौथो बैठकको उद्घाटनमा सम्बोधन गर्दै उनले भने–‘अब तपाईहरु पनि नेतृत्वमा आउन सक्नुहुन्छ र हामी छोड्न पनि तयार हुन्छौ । तर, तपाईहरुले काम गर्न सक्नु पर्दछ । अब तपाईको कामले तपाईहरुलाई अगाडि बढाउनेछ ।’
पुस २४ गते धनगढीमा हुने कार्यक्रमले हरेक नेता, कार्यकर्ताको मूल्याङ्कन गर्ने पनि मन्त्री भट्टले बताए । ‘अब कसको क्षेत्रबाट कति मान्छे आए, त्यसको पनि मूल्याङ्कन हुन्छ’, उनले भने ।



Views: 150

























