२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

४ वर्षीया बालिकामाथि बलात्कार गर्ने युवक पक्राउ

धनगढी, २२ पुष ।  सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार गरेकोे आरोपमा एक युवक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उप–महानगरपालिका–९ की ४ वर्षीया बालिकामाथि बलात्कार भएको बताए। 

बलात्कार गरेको आरोपमा भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले  बताए।

उनका अनुसार पीडित पक्षले दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको छ। कोरीले मामाघरमा आएका बेला बालिकामाथि बलात्कार गरेको बुझिएको प्रहरीले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।