डडेल्धुरा/ दिपकराज भट्ट – प्राज्ञिक विद्यार्थी परिषद नेपाल डडेलधुराले कक्षा ११ को नयाँ पाठ्यक्रम सम्बन्धी अन्यौलता हटाउनु अनुराेध गरेकाे छ ।



सर्बोच्च अदालतमा परेको मुद्दा लाई आधा शैक्षिक सत्र बितिसक्दा समेत उत्त मुद्दाको फैसला नगरि पटक पटक पेसि सार्दै गरेको घटना प्रती सर्बोच्च अदालतको ध्यानाकर्षण गर्नु चाहान्छाै परिषदकाे पत्रमा लेखिएकाे छ ।
जिल्ला अदालत डडेल्धुरा मार्फत सम्मननिय सर्वोच्च अदालत लाई परिषदले ज्ञापन पत्र बुझाएकाे हाे ।
उक्त मुद्दाकाे यथासिग्र फैसला गरि देशभरका कक्षा १ देखि ११ का विद्यार्थीहरु पुरानाे पाठ्यक्रममै अन्याैलमा नपारि चाडाे फैसला गरि अन्याेलता हटाउनुका लागि जिल्ला अदालत डडेल्धुरा बाट सर्वाेच्च अदालतलाई अनुराेध गरेकाे प्रज्ञीक विद्यार्थी परिषदका सुदुर पश्चिम प्रदेश सदस्य प्रदीप भट्टले जानकारी दिनु भएकाे छ ।

























