पुस २१, गुल्मी-गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-७ र वडानम्बर-९ जोडने नमूना झोलुंगे पुल निर्माण हुने भएको छ ।



रेसुङ्गा नगरपालिका वडानम्बर-७ भुजलखर्क र वडानम्बर-९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारिपारि गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिँडनु पर्ने भएपछि झोलुंगे पुल निर्माण गर्न लागिएको हो । झोलुंगे पुलको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लराज भुसालले शिलान्यास गरेका छन् ।
शिलान्यास गर्दौ मेयर भुसालले तम्घासमा बन्न लागेको नमूना झोलुंगे पुलको समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे ।
विद्युत चोक बगाले खोला भुजेल खर्क जोडने पुलको लम्बाई ११८ मिटर लम्बाई रहेको छ । पुल निर्माणको लागि २०७७ साल असोज २८ गते रेसुङ्गा नगरपालिका र उपभोक्ता समिति बीच सम्झौता भएको थियो ।
Views: 120

























