२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कञ्चनपुरको पुनर्वासमा माछापुच्छ्रे बैकको १४९ औँ शाखा सञ्चालन

कञ्चनपुर । माछापुच्छ्रे बैङ्कले कञ्चनपुरको  पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्तीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर उक्त शाखा सञ्चालनमा ल्याएको हो ।बैंककोे एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले  नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा हिँडिरहेका बेला अहिलेको यो समयमा ग्रामीण क्षेत्रबाटै यो सेवा सुचारु हुँदा यहाँका नागरिकहरूलाई सहज हुने विश्वास व्यक्त गरे । उनले यहाँका जनताले धनगढी लगायत अन्य क्षेत्रमा जानुपर्ने बाध्यताको अन्य भएको बताए ।

माछापुच्छ्रे बैङ्क धनगढीका प्रबन्धक मान बहादुर साउदले सहरमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रबाट पनि सेवा दिने उद्देश्यले पुनर्वासमा पनि बैकको शाखा स्थापना गरेको बताए । माछापुच्छ्रे बैकको १४९ औँ शाखाको रूपमा यो शाखा स्थापना भएको हो ।  उनले इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ सेवा सञ्चालन गरिरहेकोले आफ्ना बैङ्कका ग्राहकलाई खल्तीमा पैसा हैन खल्तीमा एटिएम कार्ड बोकेर हिँड्न अनुरोध समेत गरे ।

यता  पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष  तुलसी अर्यालले माछापुच्छ्रे बैङ्कले नगरवासिलाई सस्तो, सर्वसुलभ व्याजदरमा ऋण उपलब्ध गराउँछ भन्ने अपेक्षा लिएको बताए । माछापुच्छ्रे बैङ्क पुनर्वास शाखाका प्रबन्धक गजेन्द्र भण्डारीले यहाँ अहिले सम्म कुनै पनि बैकहरू नहुँदा बैकको सामान्य कामका लागी पनि टाढा जानुपर्ने बाध्यता रहेकोले अब  त्यो समस्या नहुने बताए ।

नयाँ शाखा मार्फत आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैङ्किङ सुविधा उपलब्ध रहेकोले सम्पूर्ण नगरबासीलाई सेवा लिन समेत अनुरोध गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।