२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ पीसीआर परीक्षण भएका छन् ।

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।