सुदूरपश्चिम प्रदेशमै धेरै विद्यार्थी अध्ययनरत कैलाली बहुमुखी क्याम्पसमा पाँच दिनका लागि पठनपाठन स्थगित गरिएको छ ।
क्याम्पसमा कार्यरत एक जना प्राध्यापकमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि पुस २५ गतेसम्मका लागि पठपपाठन स्थगित गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।



पठनपाठन स्थगित गरिए पनि प्रशासनिक काम भने भइरहेको जनाइएको छ । सोमबार सो क्याम्पसका प्राध्यापकलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
Views: 171

























