धनगढी । नेपाल घर भई हाल विदेशमा बसोबास गर्दै आएका नेपाली मनहरूले अछाममा रहेका बाढी पीडितहरूका लागि आर्थिक सहयोग गरेका छन् । अमेरिकामा बस्दै आएका मोहन थ्यायत को पहलमा सामाजिक अभियन्ता तथा युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्कालाई ४५ हजार २ सय ९० हस्तान्तरण गरेका छन् ।
अछामको कमल बजार नगरपालिका वडा नम्बर ६ मा कोरोना भाइरस र बाढी बहिरोबाट पीडित भएका नागरिकहरूलाई केही सहज होस भन्ने उद्देश्यले सो रकम प्राप्त भएको युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काले बताए ।
उनका अनुसार जिल्लामा रहेका विपन्न परिवारका लागि केही सहज गर्ने उद्देश्यले आफूहरूले आर्थिक अभियान सञ्चालन गरिरहेको र केही दिनमै अछामै पुगेर उनीहरूलाई आवश्यक खाद्य सामाग्री हस्तान्तरण गर्ने समेत उनले बताए ।
Views: 34