२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पुन लकडाउन जारी गरे

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशमा एकपटक फेरि लकडाउन आवश्यक रहेको जनाउँदै पुन लकडाउन जारी गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले गत मार्चमा झै लकडाउन घोषणा गरेका हुन्।

प्रधानमन्त्री जोन्सनले प्राथमिक तथा माध्यमिक स्कुलहरु तत्काल बन्द हुने जनाएका छन्। विद्यार्थीहरुलाई घरबाटै पढ्न उनले आग्रह गरेका छन्। यद्यपि बालबालिकाका लागि खेल्ने ठाउँ खुल्ला रहने र उनीहरु पढ्ने नर्सरी कक्षा पनि खुल्ला रहने जनाइएको छ। उनले परिस्थिति राम्रो बन्दै गएमामात्र फेब्रुअरी मध्येबाट लकडाउन खुला गरिने बताएका छन्।

अति आवश्यकबाहेक होटल तथा जिम र स्विमिङ पुलहरु बन्द गर्न भनिएको छ। रेस्टुरेन्ट, क्याफे र बारहरुलाई टेकअवे सर्भिसका लागि अनुमति दिइएको छ। चर्चहरुमा प्रार्थनाका लागि छुट दिइएको छ तर सोसल डिस्ट्यान्सिङ राखेरमात्र।

प्रिमियर लिगहरु भने स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्न सकिने जनाइएको छ। नयाँ किसिमको कोभिड -१९ भेरियन्ट फेला पारेपछि बेलायतले विमान सेवासमेत ठप्प पारिसकेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।