डडेल्धुरा :अनेरास्ववियूका नेता एबम केन्द्रिय लेखा आयोग सचिब मदन भुलले फासिवादी अोली मन्डली को असंवैधानिक कदमको युवा विद्यार्थीहरुले भण्डाफोर गर्नु पर्ने बताउनु भयो डडेल्धुरामा उपलब्ध अनेरास्ववियूका नेता कार्यक्रता सङग समसामयिक परिस्थिति र आगामी रणनितिमा केन्द्रित छलफलमा क्रममा सोकुरा बताउनु भयको हो ।



विद्यार्थी नेता भुलले राजतन्त्रको झोली बोकैर बयलगाडा चलाउने प्रतिगामी सोचको खरानी बनाउने बेला आयको बताउनु भयो ।उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य लाल पाण्डे जिल्ला अध्यक्ष सन्तोष भट्ट पुर्ब केन्द्रिय सदस्य पुष्ट भट्ट जिल्ला कार्यलय सदस्य चन्द्र ऎर जिल्ला सदस्य तारा भट्ट,पुस्प भट्ट,जनक जोशी लगायतले डडेलधुरामा अनेरास्ववियू प्रतिगामी कदम विरुद्ध एक जुट भयर जाने बताउनु भयो ।
Views: 199

























