डडेल्धुरा -डडेल्धुरा काे आलिताल गाउँपालिका ले दुग्ध ट्यांकर हस्तान्तरण गरेकाे छ । सात स्थानिय तह रहेकाे डडेल्धुरा मध्ये अालितालले याे काम गरेकाे हाे । आज एक कार्यक्रम का बिच आलिताल गाँउपालिकाले दुग्ध बिकास संस्थान धनगढी वितरण आयोजना लाई ९००० लिटर क्षमताको दुग्ध ट्यांकर हस्तान्तरण गरेको छ ।
आज आलिताल गाँउपालिकामा आयोजना गरिएको एक कार्याक्रममा आलिताल गाँउपालिका का अध्यक्ष बल बहादुर गुरुङ्ग ले दुग्ध विकास संस्थान धनगढी दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख कृष्ण प्रसाद अर्याल लाई हस्तारन्तरण गरिएको हो ।
जिल्लाको भित्रिमधेश क्षेत्रमा उत्पादन भएको दुधको वजार व्यवस्थापनको लागी आलिताल गाँउपालिकाको अगुवाईमा जिल्लामा कार्यरत युनएनडिपि, सिड्स नेपाल, मर्सिकोर नेपाल र एकिकृत विकास समाज द्धारा संञ्चालित एमरेड परियोजना र दुग्ध विकास संस्थान को साझेदारीमा दुग्ध ट्यांकर खरिद गरिएको हो ।
आलिताल गाँउपालिका र दुग्ध विकास संस्थान को स्वामित्वमा रहने गरि खरिद भएको दुग्ध ट्यांकरले यस क्षेत्रमा उत्पादन भएको दुध लाई व्यवस्थित रुपमा कैलाली लगायत नेपालका अन्य शहरहरु सम्म निर्यात गर्नेछ ।
डडेल्धुरा जिल्लाको भित्रि मधेश क्षेत्रमा उत्पादन भएको दुध लाई व्यवस्थित गर्न दुग्ध ट्यांकर खरिदका लागी आलिताल गाँउपालिका ले पहल गरिएको बताउदै आगामी दिनमा पनि किसानहरुको हक हितका लागी आलिताल गाँउपालिका लााीग पर्ने आलिताल गाँउपालिका का अध्यक्ष बल बहादुर गुरुङ्ग ले बताउनु भयो ।
डडेल्धुराको भित्रि मधेश क्षेत्रमा संञ्चालन मा रहेका ८ वटा दुग्ध संकलन केन्द्र बाट बार्षिक ३ करोड भन्दा माथि दुग्ध उत्पादन निर्यात भईरहेकोमा आगामी दिनमा दुग्ध विकास संस्थानले बजारीकरण मा सहयोग गरि सहरको पैसा समुदाय मा पुगाउने अभियानमा दुग्ध विकास संस्थान रहेको आयोजना प्रमुख अर्याल ले बताउनु भयो ।
युंएनडिपि का प्रतिनिधि लक्ष्मि बि.क., एकिकृत विकास समाज का कार्यकारी निर्देशक पद्मा गुरुंग, प्रमुख प्रशासकिय अधिकृत, प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कार्यापालिका सदश्य लगायत आलितालका शाखा प्रमुखहरु लगायत विभिन्न सरोकारवालाहरुको उपपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा किसानको हकहितमा दुग्ध ढुवानी ट्यांकर खरिद गर्ने आलिताल गाँउपालिका नेपालको ७५३ स्थानिय सरकारमा पहिलो भएको दुग्ध विकास संस्थान धनगढी वितरण आयोजना का आयोजना प्रमुख अर्याल ले बताए ।




























