२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

अवरोध हुँदै गए प्रदेशसभा पनि विघटन हुन सक्छ : मन्त्री तुम्बाहाङ्फे

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताजा जनादेशमा जाने निर्णय बाध्यात्मक भएको बताएकी छन् ।

आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले पार्टीभित्रैबाट सरकारको काम कारवाहीमा अवरोध हुन थालेपछि ताजा जनादेशमा जाने निर्णय भएको बताइन् ।

तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना पनि कायमै रहेको बताएकी छन् । राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनको भनाइ छ ।

मन्त्री तुम्बाहाङ्फे तोकिएको मितिमा चुनाब गर्नका लागि सरकार लागि परेको बताइन् । ‘तोकिएको मितिमा चुनाब हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुँदैछ,’ उनले भनिन्, ‘चुनाब हुने विषयमा शंका नगर्दा हुन्छ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।