डडेल्धुरा, १२ साउन । डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो ।
धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ । यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदी बहिनी बिरामी परेका छन् ।
उनीहरुको पनि सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
Views: 41