२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख

पहिरोबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले रु एक लाख सहयोग गरेका छन्। गत असार २९ गतेको पहिरोबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले रु एक लाख सहयोग गरेका हुन्।

उक्त रकम सांसद श्रेष्ठले आइतबार मृतकका श्रीमती फूलमाया चेपाङलाई हस्तान्तरण गरे। जनतालाई दुःख परेको बेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताए। नेपाल चेपाङ सङ्घ तनहुँका अध्यक्षसमेत रहेका पदमको शव असार ३० गते भेटिएको थियो।

यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामलसमेत उपलब्ध गराएका छन्। शनिबार मात्रै सांसद श्रेष्ठले भानु नगरपालिका–९ सिमलगैह्रामा पहिराले पुरिएर निधन भएका दुई जनाको परिवारलाई ५० हजार, व्यास नगरपालिका–९ माझफाँट र गजौडेका दुई छुट्टाछुट्टै परिवारलाई रु २५÷२५ हजार प्रदान गरेका थिए। सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक सङ्घसंस्थालाई हस्तान्तरण गर्दै आएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।