२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

संविधानकाे हत्या गर्ने अधिकार कसैलाई छैन : डा. जाेशि

 दिपकराज भट्ट /डडेल्धुरा – नेकपा प्रचण्ड–माधव समूहले डडेल्धुरामा पनि प्रदर्शन गरेकाे छ । डडेल्धुरा तुफानडाडाँबाट जुलुससहितको प्रदर्शन निकाली बसपार्क हुँदै भिमदत्त चाेकमा पुगि काेण सभामा परिणयत भऐकाे थियाे ।

प्रदर्शन कार्यक्रममा डडेल्धुरा जिल्लाका नेकपाका ७ स्थानीय तहका नेता कार्यकता सहभागी रहेका थिए । प्रदेश कमिटी सदस्य, जिल्ला स्तरीय तथा नगर र गाउँकमिटीका नेताहरु कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा बाेल्दै प्रदेश कमिटी सदस्य डा.तारा जाेशिले भने “संविधानकाे हत्या गर्ने अधिकार कसैलाई छैन संविधान च्यातेपछि हामी प्रदर्शनमा अाएका हाै , संविधान हाम्रो संस्कार हाे “।

अहिले अाम नागरिककाे चासाेकाे बिषय बनेकाे हाेला कि किन यी नेता कार्यकर्ताहरु सड्क तताई रहेका छन् । जाेशिले यहाँ बाट सुरु गर्दै भने पार्टी भित्रकाे विवादकाे समाधान पार्टिकाे बैठक बाट गरिन्छ तर यहाँ संविधान नै उलग्न गरेकाले हामी सडकमा अाएका हाै । संविधान अाम नागरिककाे सभ्यता , संस्कार संग जाेडिएकाे हुन्छ । प्रधानमन्त्री केपि शर्मा अाेलि सरकारले संविधान विरुद्ध चलेकाले याे कुनै हदमा पनि हामी बाट स्विकार्य हुने छैन ।

नेकपा प्रचण्ड–माधव समूहकाे प्रदर्शनमा नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे डडेल्धुराकाे भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका र अालिताल बाट बढि सहभागिता रहेकाे अाम नागरिककाे बुझाई रहेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।