२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

कैलालीबाट ओली पक्षमा केन्द्रीय सदस्य भएकाहरुद्वारा गौतमलाई भेट

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आगामी चुनावसम्म पार्टी एक भएर जानुमै पार्टी र देशको हित हुने बताएका छन् ।

नेकपा ओली समूहका कैलालीबाट केन्द्रीय सदस्य हुनुभएका नेताहरुसँग आइतबार आफ्नै निवास भैसेपाटीमा छलफल गर्दै गौतमले सो कुरा बताएका हुन । आगामी निर्वाचनसम्म पार्टी एकतालाई कायम गर्न नसक्ने हो भने त्यसको फाइदा नेपाली काँग्रेससहित अन्य दलको पोल्टामा जान्छ उपाध्यक्ष गौतमले भने–‘पार्टी एकता प्रयासमा मेरो संघर्ष अन्तिम समयसम्म रहन्छ, पार्टी एकता कायम हुन नसके आगामी निर्वाचनसम्म एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने वातावरण बनाउनुपर्छ ।’ 

उपाध्यक्ष गौतमसँग भएको छलफलबारे जानकारी दिदैं केन्द्रीय सदस्य दीपक देवकोटाले भने–‘उपाध्यक्ष कमरेडले पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्छु भन्नुभएको छ, आफ्नो प्रयास सफल नभएमा अन्तिममा जनताको बहुदलीय जनवाद (जवज) विचार बोक्ने समूहसँगै मेरो भेट हुन्छ ।’ उनले जवजलाई नै आफूले राजनीतिको मूल सिद्धान्त स्वीकार गरेको भेटमा भनेको नेता देवकोटाले जानकारी दिए । 

पार्टी फुटको दिशामा उन्मुख भएपनि एकअर्कालाई तल्लोस्तरको गालीगलौचमा उत्रन नहुने भन्दै उपाध्यक्ष गौतमले भने–‘मलाई भेट्न त आउनुभयो, मलाई गाली नगर्नुहोला र म पनि तपाईहरुलाई गाली गर्दैन, म अहिलेसम्म एकताको पक्षमै छुँ, तत्काल कुनै समूहमा लाग्दैन ।’ नेता देवकोटाकाअनुसार उपाध्यक्ष गौतमले आफू जवज छाडेर अन्यत्र जान नसक्ने बताएका थिए । 

उपाध्यक्ष गौतमलाई भेटन कैलालीबाट प्रतिनिधित्व गर्नुहुने नेकपाका केन्द्रीय सदस्यहरु देवकोटा, नारदमुनी राना, ममताप्रसाद चौधरी, जीवन्ती पौडेल, समबहादुर थापा, रणबहादुर चन्द, लीला भण्डारी लगायतका नेताहरु भैसेपाटी पुगेका थिए । साढे १० बजेदेखि १२ बजेसम्म छलफल भएको नेता देवकोटाले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।