२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

कञ्चनपुरको पुनर्वास – १ बस्ने ७१ वर्षीया वृद्धाको हत्या

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का हिरापुर बस्ने ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको छ । घरमा एक्लै बस्ने वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो घरभित्रै शव फेला परेको प्रहरीले जनाएको छ ।

वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक खण्टी भुलका भाइ हिरे भुलका अनुसार, खण्टी भुलले सधैंजसो नाक, कान र घाँटीमा तीन तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशंका गरिएको छ । मृतकको नाकमा सानो बुलाकी बाहेक अन्यत्र कुनै पनि गरगहना नभेटिएको प्रहरीले जनाएको छ ।

हत्या जस्तो जघन्य आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको स्थानीयले माग गरेका छन् । मृतक वृद्धाका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको र बुहारी तथा नातिनी कैलालीको धनगढीमा बस्ने गरेको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।