२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफले कर्णाली प्रदेशलाई २ सय ४ रनले पराजित

प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले कर्णाली प्रदेशलाई २ सय ४ रनले पराजित गरेको छ ।

दाङको देउखुरीमा एपीएफले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा अलआउट हुँदै जम्मा ३१ रनमात्रै बनायो । कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी करुणा भण्डारी एक्लैले ५ विकेट लिइन भने राजमती भण्डारीले २ र सोनु खड्का र रेखा रावलले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि सीता रानामगरले सर्वाधिक ६८ रन बनाइन भने सरिता मगरले ४४, ज्योती पाण्डेले ३२ र इन्दु बर्माले २२ रन बनाए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।