२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

क्षति पूर्तिको माग गर्दै स्याउले दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध

डोटी । स्याउले दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध गरिएको छ । बिहीबार राति डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से १ त १००९ नम्बरको कारको ठक्करबाट आठ वर्षीय बालक गोरख बलायरको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले आज बिहानदेखि सो राजमार्ग बन्द गरेका छन् ।

राजमार्गअवरुद्ध गरिएका कारण यहाँका पहाडी जिल्लाबाट तराई जान हिँडेका तथा तराईबाट पहाडी जिल्ला आउने दर्जनौँ सवारीसाधन तथा सयौँ यात्रु शिखर नगरपालिका–६ तल्कोटमा अल्पत्र अवस्थामा परेका छन् ।

अवरुद्ध गरिएको राजमार्ग खुलाउनका लागि पीडित पक्षसँग पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्, राजमार्ग खोल्ने प्रयास भइरहेको छ ।”

बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।