अछाम । जिल्ला प्रहरी कार्यालय मातहत रहेका ईलाका प्रहरी कार्यालयले अबैध तथा न्युन गुणस्तरको मदिरा बरामद गरि नष्ट पार्ने अभियानलाई जारी राखेको छ ।



ईलाका प्रहरी कार्यालय घुघुरकोटबाट खटि गएको गस्ती टोलीले साँफेबगर नगरपालीका १३ का विभिन्न स्थानबाट तयारी घरेलु मदिरा ७० लिटर, पास १सय ४५ लिटर, न्युन गुणस्तर मदिरा १५ लिटर नियन्त्रण लिएर नष्ट गरेको छ ।
साथै ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटि गएको गस्ती टोलीले साँफेबगर नगपालीका ५ बाट तयारी घरेलु मदिरा १० लिटर र प्रहरी चौकी मेल्लेखबाट खटि गएको गस्ती टोलीले मेल्लेख गाउपालीका ५ बाट न्युन गुणस्तर मदिरा ८१ लिटर बरामद गरि स्थानिय जनप्रतिनिधी र भद्रभलादमीको रोहवरमा नष्ट पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
Views: 183

























