कञ्चनपुरमा भारत जादै गरेको अवस्थामा २ जना युवती पक्राउ परेका छन्।



सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट डोकेबजारको टोलीले चेकजाँचका क्रममा भारततर्फ गइरहेको अवस्थामा बागलुङ घर बताउने अन्दाजी ३५ वर्षीया पुजा सिंह र पोखरा उपमहानगरपालिका १६ की २३ वर्षीया गंगा खड्कालाई पक्राउ गरिएको जनाएको छ।
उनीहरुलाई गौरीफन्टा नाकाबाट पक्राउ गरिएको हो। सिंहले खड्कालाई ललाई–फकाई गरि भारत लगिरहेको बुझिएको बताउँदै आवश्यक अनुसन्धानका लागि शान्ति पुनस्र्थापना गृह त्रिनगरको जिम्मा लगाइएको छ।
Views: 208


















