कैलालीमा प्रहरीले लागु औषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका २ अत्तरियाबाट बैतडी दोगडाकेदार गाउँपालिका १ बस्ने २६ बर्षका तोरण प्रशाद जोशी ३ सय ३० ग्राम चरेश र नगद एक लाख सहित पक्राउ परेका हुन ।



प्रहरीले जोशीको साथबाट नगद १ लाख १२ हजार ३२५ रुपैंया र ३ सय ३० ग्राम चरेश बरामद गरेको हो । बिहिबार राती लागुऔषध चरेशको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Views: 132

























