२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

प्रहरीले चितुवाको छाला र हड्डीसहित तीन जनालाई पक्राउ

प्रहरीले चितुवाको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरीको संयुक्त टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट तीनै जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरण पुन, आदर्श गाउँपालिका–५ का ३५ वर्षीय वीरबहादुर धामी र सोही ठाउँका २१ वर्षीय योगेन्द्र धामी रहेका छन् । 

अत्तरियाको मिट प्वाइन्ट होटलबाट किरन पुनलाई एक थान छाला, हड्डी दुई थानसहित पक्राउ गरिएको थियो । अनुसन्धान गर्ने क्रममा थप दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले जानकारी दिए । पक्राउ परेका व्यक्ति र बरामद छाला, हड्डी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।