२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

क्रिकेटका लागि सुदूरपश्चिमको महिला टोली घोषणा

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको महिला टोली घोषणा भएको छ । बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

पुस ११ गतेदेखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको कूल ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

सुदूरपश्चिम टिमको उपकप्तानमा रुवी पोदार छिन् । यस्तै टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय महिला क्रिकेटर जानकी भट्ट छिन भने व्यवस्थापकमा दिनेश सिंह छन् ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश समूह बी मा रहेको छ । यस समूहमा गण्डकी प्रदेश, प्रदेश नम्बर १ र बागमती प्रदेश रहेका छन् । सुदूरपश्चिमले आफ्नो पहिलो खेल पुष १४ गते गण्डकी प्रदेश विरुद्ध खेल्नेछ ।

समूह ए मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् ।

सुदूरपश्चिमको टिम

बिन्दु रावल (कप्तान), रुबी पोदार (उपकप्तान) , ऋतु कनोजिया, मन्जु बोगटी, कविता जोशी, डली भट्ट, कविता कुँवर, लक्ष्मी साउद, दिव्या कार्की, सुनिता लुहार, दिपा जोरा, स्नेहा महरा, रेवती धामी, सम्झना खड्का

वैकल्पिक खेलाडी : मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र प्रवित्रा धामी

प्रशिक्षक : जानकी भट्ट

व्यवस्थापक : दिनेश सिंह

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।