२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कञ्चनपुरबाट भारत लैँजादै गरिएका २ युवतीको उद्वार

धनगढी, १० पुस । कञ्चनपुरबाट भारततर्फ लैँजादै गरिएका २ युवतीको उद्वार गरिएको छ। सशत्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट डोकेबजार र सीमा गस्ती टोलीले नेपालबाट भारततर्फ लैँजादै गरिएका २ युवती सहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

सशत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका अनुसार जिल्लाको बेदकोट नगरपालिका–१ हात्तिथलाका अन्दाजी २० वर्षीय लोकेन्द्र बोहरा र अन्दाजी १८ वर्षीया रेखा ऐरको उद्वार गरी शान्ति पुर्नस्थापना केन्द्र त्रिनगर कैलालीलाई बुझाइएको छ।

यस्तै बझाङको मष्टा गाउँपालिका–३ ठकुरीथानाका अन्दाजी २१ वर्षीय सुनिल बोहरा र धादिङको छाख्रे गाउँपालिका–५ की २० वर्षीया सचिना खड्काको उद्वार गरी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको हेडक्वाटरले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।