धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा डिजिटल सुचना बोर्ड सञ्चालनमा ल्याईएको छ । ट्राफिक जनचेतना मुलक सामाग्रीहरु प्रचार प्रसार गर्न र ट्राफिक नियम तथा संकेत सम्बन्धी नागरिकामा जनचेतना अभिबृद्धिको लागि डिजिटल सुचना बोर्ड सञ्चालनमा ल्याईएको हो ।



सिद्धार्थ बैङ्क शाखा कार्यालय धनगढीको सहयोगमा उक्त बोर्ड ट्राफिक प्रहरी कार्यालय धनगढीलाई प्रदान गरिएको हो । बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारीले उक्त सुचना बोर्ड प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमलाई हस्तान्तरण गरेका हुन ।
उक्त डिजिटल बोर्डले बर्तमान समयमा बढ्दै गएको सवारी चाँपले ट्राफिक नियमको उलंघन हुने घटना, सवारी दुर्घटना न्युनिकरण तथा रोकथामको साथ साथै ट्राफिक नियम सम्बन्धी नागरिकमा जनचेतना अभिबृद्धी हुने ट्राफिक प्रहरी कार्यालय कैलालीले अपेक्षा गरेको छ ।

























