२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा बिहीबार थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ७३९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ५ हजार ५१० पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।