२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

पोखरामा कोरोनाबाट थप २ को मृत्यु

अशिम पौडेल , पोखरा / पोखरामा कोरोना संक्रमणबाट २  जनाको मृत्यु भएको छ । तनहुँ जिल्ला म्याग्दे गाउँपालिका-५का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ निवासी कोरोना संक्रमित ७४ वर्षीया महिलाको मृत्यु भएको थियो  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड-१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । उहाँलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उहाँमा प्रेसर सहित अन्य दीर्घ रोगहरु समेत रहेको बताइएको छ । त्यस्तै कोरोना संक्रमित स्याङ्जाकी ७४ वर्षीय महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बुधबार राति मृत्यु भएको हो । पुन ५ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचारकै क्रममा उहाँको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद  बिन्दु शर्माले जानकारी दिनुभयो । यो  संगै गण्डकीमा कोरोना संक्रमणबाट १९० जनाको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।