एकेन्द्र चन्द /डोटी ,पुस ९ -डोटीको बडिकेदार गाउपालिकाकामा संचालनमा रहेको ग्रामीण समुदाय बिकास केन्द्र घाङलको सहकार्यमा संचालित बडिकेदार एकीकृत समुदायमा रुपान्तरण कार्यक्रमको सामाजिक परिक्षण सम्पन्न भएको छ



कार्यक्रममा कार्यक्रमको प्रगति बिवरण समेत प्रस्तुत गरिएको थियो प्रगति बिबरणमा कार्यक्रमले कोभिड १९ मा समेत काम गर्दै बडिकेदार गाउपालिकालाइ कोभिड १९ अस्पताल सञ्चालन गर्नको लागि आइसुलेसन बेड उपलब्ध गरायको सूचना पोस्टरहरु लगायत रेडियोहरुबाट समेत सूचना प्रभाव गरिएको र ब्यवसाय गर्न किसानहरुलाइ माछा पोखरी, कुखुरा पालन, सिचाइकोलोहरु, बिधालयमा चर्पी निर्माण गरेको प्रगती बिवरण पेस गर्दै कार्यकमका संयोजन दिनेश बमले बताए त्यस्तै उहाले एकहक्तर जना समुदायका ब्यक्तिहरुले ब्यवसाय सुरु गरेका, शैतिस वटा पोलिहाउस निर्माण गरि तरकारी ब्यवसाय गरि आम्दानी उन्मुख भयका चौन्ध जना बाख्रा पालन र एघार जना कुखुरापालन गर्दै आएका समेत उहाले उल्लेख गर्नु भएको थियोे
कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै बडिकेदार गाउपालिकाका अध्यक्ष कृष्ण ब चन्दले यो कार्यकम निकै प्रभावकारी भएकोको र बडिकेदारको बिकासमा ग्रामीण समुदाय बिकास केन्द्र घाङलले महत्त्वपूर्ण भुमिका खेलेको र यस्तै सस्थाहरुले नै देसको बिकास सम्भव रहेको समेत अध्यक्ष चन्दले बताउनु भएको थियो
कार्यक्रमका सभापति ग्रामीण समुदाय बिकास केन्द्र घाङलका अध्यक्ष भैरब ब साउद रहनु भएको थियो भने कार्यक्रमको सञ्चान पत्रकार एकेन्द्र चन्दले गरेका थिए

























