२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

सुदूरपश्चिमका कोरोना प्रभावित लाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने अभियान

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित व्यक्तिलाई विभिन्न आयमूलक काममा लगाएर स्वरोजगार बनाउने अभियान अघि बढाएको छ । २ महीना अघिसम्म कोरोनाका कारण रोजगारी गुमाएर र विस्थापित भएर स्वदेश फर्किएका सुदूरपश्चिमका नागरिकलाई कृषि र पशुपन्छीपालनमा अग्रसर गराउन यहाँको प्रदेश सरकारले ९ हजार जनालाई स्वरोजगार बनाउन आवेदन लिएको थियो ।

सुदूरपश्चिमका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र यहाँका ९ ओटै जिल्लाका ८८ ओटा स्थानीय तहमा ८० हजारभन्दा बढी कोरोना प्रभावितले आवेदन दिएका थिए । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन जिल्लाका कृषि तथा पशु कार्यालयमा मन्त्रालयबाट दुई महिनाअघि नै बजेट वितरण भइसकेको बताए ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउखेती, मौंरी, भेडा, बाख्रा, बंगुरपालन, गाईभैंसी, माछा, स्थानीय कुखुरा, हाँस र अन्य मासु प्रयोजनका पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।