सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन्।



बुधबार दिउँसो बानेश्वरमा बसेको बहुमत सदस्य सहभागी संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाइ दाहाललाई चयन गरेको सांसद योगेश भट्टराईले बताए। बैठकमा अहिले दाहालले सम्बोधन गरिरहेका छन्।
नेकपाको बहुमत केन्द्रीय कमिटी सदस्य सहभागी मंगलबारको तेस्रो केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो।
Views: 217


















