काठमाडौं : नेकपाको प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छमंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।



प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अध्यक्ष दाहाल पक्षको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियोसोहीअनुसार आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई कारवाही गरेर नेता नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गरेको स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै अध्यक्ष दाहाल पक्ष प्रधानमन्त्री ओली विरुद्ध मोर्चाबन्दीमा उत्रिएको छअध्यक्ष दाहाललाई विवादको क्रममा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठले साथ दिइरहेका छन्। अध्यक्ष दाहाल पक्षमा देखिएको उपाध्यक्ष गौतमले पछिल्ला दिनमा दुवै पक्षको गुटभेलामा नजाने घोषणा गरिसकेका छन्।
यस्तै, गृहमन्त्री रामबहादुर थापा बादल पनि कुनै गुटमा खुलेका छैनन्। उनले सोमबार आफू निकटका नेताहरुलाई बोलाएर आफ्नो गुट बनाए। यद्यपी, उपाध्यक्ष गौतम र गृहमन्त्री बादललाई फकाउने अध्यक्ष दाहाल पक्षको प्रयास रोकिएको छैन।उपाध्यक्ष गौतमलाई फकाउन वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठ उनको निवासमा पुगेका छन्। यता, गृहमन्त्री बादललाई फकाउन पनि अध्यक्ष दाहाल सोमबार र मंगलबार बिहान पनि पुगेका छन्। तर, उनले एकताको पक्षमा रहेको भन्दै दुवैतर्फ खुलिरहेका छैनन्।
प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल र महासचिव पौडेल मात्रै छन्। प्रधानमन्त्री ओली सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि अल्पमतमा छन्।अध्यक्ष दाहाल पक्षले प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने बताइरहे पनि ओलीले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ। त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन्।
नेकपाको प्रवक्तामा ज्ञवाली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ ।बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।
नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराएका थिए । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।


















