गोकर्ण पाण्डे/गुल्मी- गुल्मीमा यसवर्ष सुन्तला पाक्न ढिलाई भएको छ । विगतका वर्षमा यतिबेला किसानलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो ।



तर, यसवर्ष सुन्तला पाक्न ढिलाई हुँदा दुई दर्जन परिवारले अहिलेसम्म सुन्तला बिक्री गर्न पाएका छैनन् ।
‘विगतमा यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो’ किसान थम्मन बहादुर भण्डारी ले बताउनु भयो यसवर्ष सबैको बारीभरी सुन्तला लटरम्मै छतरअझै पुरा पाकिसकेको छैन् ।
वर्षात बढी भएका कारण चिसोले पाक्न ढिलाई भएको होला। विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्रीबाट आम्दानी पनि घटेको किसानहरु बताउनु भयो ।
यसवर्ष सुन्तलाका दाना सानो फलेको तथा कतै सुन्तला आफै झरेका कारण आम्दानी घटेको किसानहरुको भनाई छ ।
Views: 248

























